५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताउनुभएको छ

बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपाली भूमिमा जन्मनुभएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताउनुभएको हो । सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

अशान्ति, हत्या र हिंसाको विरोध गरी देशमा शान्ति कायम र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना गर्दै उहाँले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमीमा शुभकामना गर्नुभएको छ ।

यसैगरी, सभापति देउवाले प्रकृतिका पुजारी किरात समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ । उहाँले पृथ्वीमा कहीँकतै खाद्यान्नको अभाव नहोस्, अन्नबाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किरात समुदायले मनाउने उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।