२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद्



TOPSHOT – Smoke billows after an artillery shell landed in the main town of Poonch district in India’s Jammu region on May 7, 2025. At least eight Indians were killed and 29 others wounded Wednesday in the town of Poonch in Kashmir, close to the de facto border with Pakistan, a local Indian government official said. (Photo by Punit PARANJPE / AFP)
अ+ अ-

एजेन्सी । भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान दोहोर्‍याउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरमा मध्यस्थताको प्रस्ताव गरेको विषयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सचदेवले भन्नुभयो, “हाम्रो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका छैन।”

“अमेरिका एक महाशक्ति हो र अमेरिकासँग भारतको राम्रो र रणनीतिक सम्बन्ध छ”, सचदेवले भन्नुभयो, “उहाँ ९राष्ट्रपति ट्रम्प० शान्ति प्रवद्र्धक बन्न चाहनु्हुन्छ ।”

अमेरिकाले युक्रेन र गाजासँग मध्यस्थताको प्रस्ताव गरिरहेका थुप्रै उदाहरणमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो, “यी अझै पनि शान्ति प्रक्रियामा पुग्न सकेका छैनन् ।”

सचदेवले भन्नुभयो, “उहाँले युक्रेनसँग खेलिरहनुभएको छ, जुन अझै पनि शान्ति ढाँचामा पुगेको छैन । गाजामा पनि शान्ति स्थापना हुन सकेको छैन ।”

ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले अमेरिकाले मध्यस्थतामा शान्ति स्थापना गर्न सहयोग गरेको र काश्मिरको समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको दाबीलाई निरन्तरता दिनुभएको छ ।

भारतीय परराष्ट्रमामिलाविद् सचदेवले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले तपाईंलाई यो ऐतिहासिक र वीरतापूर्ण निर्णयमा पुग्न मद्दत गर्न सक्षम भयो । मलाई गर्व छ।”

राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “म उनीहरूसँग छलफल नै नभए पनि म यी दुवै महान् राष्ट्रसँग व्यापारमा उल्लेख्य वृद्धि गर्न गइरहेको छु ।”

ट्रम्पले भन्नुभएको छ, “यसबाहेक, कश्मीरको बारेमा कुनै समाधानमा पुग्न सकिन्छ कि भनी म तपाईहरूसँग काम गर्न चाहेको छु । भगवान्ले भारत र पाकिस्तानको नेतृत्वलाई राम्रो काम गर्न आशीर्वाद दिनुहोस्१”

भारतले पटक–पटक जम्मू–कश्मीरको विषयमा तेस्रो पक्षको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने स्पष्ट अभिव्यक्ति दिँदै आएको छ ।
सचदेवले भन्नुभयो, “भारत अमेरिकासँग ‘बहुआयामिक रणनीतिक मोर्चा’मा सहकार्य गर्न आतुर छ ।”

एएनआईसँगको कुराकानीमा उहाँले भारतले पाकिस्तानविरुद्ध चालेको कदमको प्रशंसा गर्दै भन्नुभयो, “विश्व र पाकिस्तानका लागि यो सन्देश गएको छ कि भारतको सिद्धान्त अब ‘टिट फर ट्याट’ को हुनेछ ।”

सचदेवले थप्नुभयो, “मलाई लाग्छ कि यो भारतको तर्फबाट पनि राम्रो सामान्य ज्ञान हो। हामीले युद्धमा नफसेर आफ्नो आर्थिक शक्ति, हाम्रो व्यापक राष्ट्रिय शक्ति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्भावित आणविक परिणामको उल्लेख गर्दै भन्नुभयो, “भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य भएकोमा स्वागत गर्दै यदि शान्ति कायम नभएको भए लाखौँ मानिसको ज्यान जान सक्ने बताउनुभएको छ ।”