३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छः नेता सिटौला



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका कुराहरूलाई कानूनी परिभाषित गरेर कार्यान्वयनमा ल्याउन सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

आईतवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मौलिक हकमा राखिएका कुराहरूलाई कार्यान्वयनमा ल्याउने संवैधानिक प्रतिवद्धता रहेको बताउँदै त्यसलाई पूरा गर्न सबै मिलेर एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले सत्ता र प्रतिपक्षबाट समर्थन र आलोचना गरे पनि कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एक हुनुपर्ने दोहो¥याउनु भयो । उहाँले पछिल्लो बदलिएको संसारको प्रभाव, अमेरिकी सरकारको नीतिको प्रभाव, रुस–युक्रेन युद्ध र छिमेकी मुलुकमा देखिएको तनाव लगायतका विषयहरूको प्रभावलाई मूल्याङ्कन गरी एक ठाउँमा उभिएर आगामी बजेटबाट नयाँ रचना गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले संसारमा आएको परिवर्तनबाट पर्ने प्रभावलाई मूल्याङ्कन गरेर सरकार अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले संविधानको मौलिक हकमा राखिएका कुराहरूलाई कानूनी परिभाषित गरेर कार्यान्वयनमा ल्याउँछौँ भन्ने संवैधानिक प्रतिबद्धता हो । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर एक ठाउँमा उभिनुपर्छ भन्ने आजको आवश्यकता हो । हामीले सत्ता र प्रतिपक्षबाट समर्थन र आलोचना गरे पनि एउटै यथार्थ कुरा के हो भने, देशको अर्थतन्त्र कमजोर छ, कमजोर अर्थतन्त्रको बीचबाट हामीले कति काम गर्नसक्छौँ, स्वयं अर्थतन्त्र र अर्थ नीतिलाई सुदृढ गर्नको लागि, पछिल्लो बदलिएको संसारको प्रभाव, वर्तमान अमेरिकी सरकारको नीतिको प्रभाव, रुस– युक्रेन युद्धको प्रभाव र भर्खरै छिमेकी मुलुकमा देखिएको तनावले हामीलाई के प्रभाव देखा परेको छ, सबै चिजको मूल्याङ्कन गरेर हाम्रो देशको अर्थतन्त्रमा पर्ने प्रभावलाई हामीले विचार गरेर सही ढङ्गले एक ठाउँमा उभिएर नयाँ रचना गर्न सक्नुपर्छ आगामी बजेटबाट भन्ने मलाई लागेको छ । त्यस दिशामा अगाडी जाने खालको प्रतिबद्धता संसारमा आएको परिवर्तनबाट पर्ने प्रभावलाई समेत मूल्याङ्कन गरेर यो सरकार अगाडी जान्छ भन्ने परराष्ट्र नीतिहरू हेर्दा खेरी, मलाई त्यस्तै लागेको छ ।”

नीति तथा कार्यक्रमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रतिबद्धता देखाएको बताउँदै अन्य महत्वपूर्ण विषयहरू वस्तु समावेश भएको जिकिर गर्नुभयो ।