२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवा प्रवाह राष्ट्रसेवकको उच्च प्राथमिकतामा हुनुपर्छ-



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ रेखा शर्माले राष्ट्रसेवक कर्मचारीले सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, संस्थान राष्ट्रिय समितिको तेस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको मन जित्नेगरी काम गर्न सुझाव दिनुभयो । “सङ्गठनमा आबद्ध सम्पूर्ण कर्मचारीले आ–आफ्नो स्थानबाट उत्कृष्ट कार्यसम्पादन गरेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ”, शर्माले भन्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सेवा प्रवाहमा सहजीकरणसँगै कर्मचारीको हितलाई संगठन उचित महत्व दिँदै आएको बताउनुभयो । संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाही, वरिष्ठ उपाध्यक्ष तिलकजङ्ग बुढाथोकीलगायतले राष्ट्रसेवकलाई प्रोत्साहित हुने नीति तथा योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो । रासस