२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बइमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात को मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ । तर यसको विस्तृत विवरण भने आएको छैन ।

मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो । त्यसमा परी पाँच जनाको ज्यान गएको बताइएको छ । मुम्बइमा गएको तीन दिनदेखि भारी वर्षा जारी रहेको छ । सो वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ । 

भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ । मुम्बइको भानुशाली भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो । भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन् । 

उनीहरुलाई ठूलो संख्याका सुरक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ । मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिनुभएको थियो ।मुम्बइको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ । 

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । त्यसैगरी मुम्बइकै मलादा क्षेत्रमा भएको अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ । सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले  जानकारी दिएका छन् ।