३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त
अ+ अ-

काठमाडौं । विश्वमा कोरोना  भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।  

हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६  हजार ८२८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ । 

युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ६७ हजार ३३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ ।  ओसियानामा १२ हजार ९०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ ।