२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण हुने’



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी हुनुभएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

“हामी रोजगारीका कुरा गछौँ, आयआर्जनका कुरा गछौँ, सरकारले त्यसबाट राजस्वका लागि आश गर्छ, यो सबैका लागि पनि धार्मिक पर्यटनको विकास आवश्यक छ, जुन काम यस धामले गर्न सक्छ भन्ने विश्वास लिएका छौँ”, मन्त्री खड्काले भन्नुभयो । धार्मिक पर्यटकले रामकोट वरपरका व्यवसायहरू चलायमान हुनुका साथै धर्मको संरक्षणमा समेत धामले सहयोग पु¥याउने बताउनुभयो ।

भोलिका दिनमा यस धाम दर्शनका लागि लाखौँ पर्यटक आउने भएकाले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारीका अवसर सृजना भई आयआर्जन वृद्धि हुँदै जाने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्र गर्नुभयो । सबै समुदाय, वर्गबीच सहिष्णुता हुनुपर्नेमा जोड दिँदै उहाँले आफ्नो आस्था र विश्वास अनुसार पुण्यप्राप्तिमा सबै लाग्नुपर्ने धारणा राख्नुभयो । “हामी विभिन्न संस्कृति, धर्म र जातमा विभाजन भए पनि एकतामा बाधिएका छौँ, यो हाम्रो साझा फूलबारी हो, यो मानवका लागि आफैँमा पुण्य कार्य हो”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले सुन्दर स्थानमा धाम निर्माण गर्ने, अहोरात्र खटिने सम्पूर्ण व्यक्तित्त्वलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले धामको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन तथा समग्र विकासमा आफ्नो र सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दीनबन्धु पोखरेलले धामको भौतिक पूर्वाधार निर्माणमा सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले धामको संरक्षणका लागि तटबन्धनको आवश्यकता रहेको भन्दै सरकारलाई तटबन्धनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।