१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिचको भिसा रद्द गर्ने निर्णय अदालतबाट खारेज



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाको अदालतले टेनिस स्टार नोभाक जोकोभिच​लाई हिरासत केन्द्रबाट मुक्त गर्ने आदेश दिएको छ । 

कोरोना खोप नलगाई अष्ट्रेलिया पुगेका जोकोभिच​को भिसा रद्द गरिएको थियो । भिसा रद्द गरेको सम्बन्धमा सुनुवाई गर्ने क्रममा अदालतले सो आदेश दिएको हो । 

गत साता अष्ट्रेलियन ओपनमा भाग लिन सर्बियाका टेनिस स्टार जोकोभिच अष्ट्रेलिया पुगेको थिए । उनले कोरोना खोप नलगाएको पुष्टी भएपछि अष्ट्रेलियाको अध्यागमनले भिसा रद्द गरेको थियो । 

त्यसपछि जोकोभिच​ले अष्ट्रेलियाको अदालतमा अपिल गरेका थिए । 

न्यायाधीश एन्थोनी केलीले ३० मिनेटभित्रै जोकोभिकलाई हिरासतमुक्त गर्न र राहदानी तथा कागजात फिर्ता गर्न आदेश दिएका हुन् ।

अदालती आदेशपछि अब जोकोभिक अष्ट्रेलियामै रहन पाउनेछन् ।