एजेन्सी । अष्ट्रेलियाको अदालतले टेनिस स्टार नोभाक जोकोभिचलाई हिरासत केन्द्रबाट मुक्त गर्ने आदेश दिएको छ ।
कोरोना खोप नलगाई अष्ट्रेलिया पुगेका जोकोभिचको भिसा रद्द गरिएको थियो । भिसा रद्द गरेको सम्बन्धमा सुनुवाई गर्ने क्रममा अदालतले सो आदेश दिएको हो ।
गत साता अष्ट्रेलियन ओपनमा भाग लिन सर्बियाका टेनिस स्टार जोकोभिच अष्ट्रेलिया पुगेको थिए । उनले कोरोना खोप नलगाएको पुष्टी भएपछि अष्ट्रेलियाको अध्यागमनले भिसा रद्द गरेको थियो ।
त्यसपछि जोकोभिचले अष्ट्रेलियाको अदालतमा अपिल गरेका थिए ।
न्यायाधीश एन्थोनी केलीले ३० मिनेटभित्रै जोकोभिकलाई हिरासतमुक्त गर्न र राहदानी तथा कागजात फिर्ता गर्न आदेश दिएका हुन् ।
अदालती आदेशपछि अब जोकोभिक अष्ट्रेलियामै रहन पाउनेछन् ।











