३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कारवाहीमा परे पन्ध्र हजार सवारी साधन

कारवाहीमा परे पन्ध्र हजार सवारी साधन
अ+ अ-

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटकले गत आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड ५८ हजार राजस्व उठाएको छ । अघिल्लो आव २०७५/७६ को तुलनामा रु ५१ लाख राजस्वमा कमी आएको छ । सोे आव २०७५/७६ मा जरिवाना राजस्वमा १ करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६/७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारवाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ । गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही सङ्ख्यामा कमी आउनुको मुख्य कारण  लकडाउन रहेको जनाइएको छ । उहाँ भन्नुहुन्छ, “कोरोनाका कारण दुईपाङ्ग्रे र चारपाङ्गे्र सवारी साधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, चालक अनुमतिपत्र फेल भएका साधनलाई कारवाही गर्न समयमा लकडाउन हुनुका साथै सवारीसाधन गुड्न नपाएको हुनाले त्यसैकारण पनि गत वर्ष हेरी अहिलेको समयमा राजस्व र कारवाही सङ्ख्यमा कमी आएको हो ।” 

गत आवमा ट्रक तीन, टिपर दुई, बस दुई, कार, जिप एक तथा मोटरसाइकल १५ दुर्घटनामा परेका थिए । प्रनानि भट्टराई भन्नुहुन्छ, “गत वर्षको सवारी दुर्घटनामा परी मृत्यु हुने ११ जना, गम्भीर घाइतेको सङ्ख्या १६, सामान्य घाइतेको सङ्ख्या नौ गरी जम्मा दुर्घटना सङ्ख्या १९ रहेको छ ।”

अघिल्लो आवमा सडक दुर्घटनाको तथ्याङ्कअनुसार जम्मा सवारी दुर्घटना–२३ मृत्यु हुनेको सङख्या–४१, गम्भीर घाइते हुनेमा २९, समान्य घाइते हुनेमा १६ रहेका थिए । गत आवको तथ्याङ्कअनुसार सवारीसाधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, लाइसेन्स फेल भएका र नभएका गरी विभिन्न सवारीसाधन गरी १४ हजार ७३१ मध्ये लकडाउनको समय चैतदेखि असारसम्मको तथ्याङ्कमा कारवाही सङ्ख्या एक हजार ७८१ रहेका छन् । ती साधनबाट ११ लाख ९६ हजार ५०० राजस्व सङ्कलन भएको थियो । 

गत वर्ष ०७५/७६ मा कारवाहीमा परेका २२ हजार ६५६ साधनबाट राजस्व ४६ लाख ७१ हजार ५०० उठेको थियो ।