९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त
अ अ+ अ-

काठमाडौं । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्यवाद दिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

काश्मीरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दोष मानिसको ज्यान लिनेगरी भएको आतङ्वादी हमला र त्यसपछि विकासित घटनाक्रमका बारेमा जानकारी दिँदै राजदूत श्रीवास्तवले पहलगाम हमलामा पाकिस्तान जिम्मेवार रहेको बताउनुभयो ।

पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स ९टीआरएफ०’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको बताउँदै उहाँले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदालाई लक्षित गरी लगातार आक्रमण गरिहेको र जसरी हुन्छ दुई देशबीच द्वन्द्व चर्काउन खोजिरहेको भनी खेद व्यक्त गर्नुभयो ।

पहलगाम हमलापछि पनि पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्रता दिइरहेको, काश्मीर क्षेत्रस्थित ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्ट ध्वस्त बनाएको र १६ जना भारतीयको मृत्यु भएको जानकारी दिँदै राजदूत श्रीवास्तवले यसकिसिमको अपूरणीय क्षतिका बावजुद्  भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारवाही मात्र गरेको स्पष्ट गर्नुभयो ।

पाकिस्तान सरकारकातर्फबाट छिमेकी दुई देशबीचको द्वन्द्वलाई बढवा दिने गरी नियोजित रूपमा लगातार गलत र भ्रामक सूचना सम्प्रेषण भइरहेकामा खेद व्यक्त गर्दै राजदूत श्रीवास्तवले भन्नुभयो, “भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा छैन तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा छैन । यता पाकिस्तानी जनतासमेत शान्तिका पक्षमा देखिन्छन्, सम्पूर्ण विश्व समुदाय आतङ्कवादको विरुद्धमा उभिएको अवस्था छ, यसतर्फ पाकिस्तानी सरकार र त्यहाँका सेनाको ध्यान जान जरुरी छ ।” पाकिस्तानी पक्षबाट भ्रम फैलाइएजस्तो सीमा क्षेत्रमा जारी द्वन्द्वमा भारतीय पक्षको क्षति नभएको पनि उहाँले जानकारी दिनुभयो ।

भारतका जिम्मेवार आमसञ्चारमाध्यम र निकायबाट युद्धलाई प्रश्रय दिने काम नभएको स्पष्ट गर्दै उहाँले जारी द्वन्द्वसम्बन्धी यथार्थ एवं वास्तविक समाचारका लागि राज्यका आधिकारिक निकायसँग भर पर्न अनुरोध गर्नुभयो ।

उहाँले आतङ्कबाद, आतङ्कवादी हमलासहित काश्मीर क्षेत्रमा जारी द्वन्द्वबाट भारत र पाकिस्तान मात्र नभई सार्क क्षेत्रसहित समग्र विश्व नै प्रभावित हुने भएकाले आतङ्कबादका विरुद्ध डटेर सामना गर्दै विश्व शान्तिका पक्षमा अन्तरराष्ट्रियजगत एक हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चारकर्मीको जिज्ञासामा राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएकामा खुशी व्यक्त गर्नुभयो । यसैगरी विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालको कुनै पनि भूमि आतङ्कवादको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको पनि उहाँले जानकारी गराउनुभयो ।

अर्को एक प्रश्नको जवाफमा राजदूत श्रीवास्तवले भारतस्थित संवेदनशील क्षेत्रका केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताउँदै छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा भने कुनै पनि किसिमको समस्या नआउने विश्वास दिलाउनुभयो । उहाँले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गर्दै विद्यमान असहज परिस्थितिलाई मध्यनजर गरी घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । रासस