२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोटिहवाको अशोकस्तम्भ डुबानमा



अ+ अ-

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् । 

 मौर्य सम्राट् अशोक  रुमिनदेई ९रुपन्देही० स्थित शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो । आजभन्दा एक हजार ७७० वर्षअघि गोटिहवा अस्तित्वमा रहेको पुरातत्वविद्ले बताएका छन् । नेपालमा रहेका तीन अशोक स्तम्भमध्ये गोटिहवाको एक हो ।

लुम्बिनी विकास कोषले संरक्षणमा ध्यान नदिँदा स्तम्भ कमजोर बन्दै गएको छ । स्तम्भ भएका ठाउँमा खाल्टो रहेकाले पानी जमेर ३ फिट डुबेको स्थानीय पत्रकार मनोज श्रीवास्तवले बताए । पानी बढी पर्दा स्तम्भ ५ फिट जति डुब्ने गरेको छ । करीब १० फिट ८ इञ्च लामो स्तम्भ एक दशकदेखि डुब्दै आए पनि सरोकार निकायको खासै ध्यान जान सकेको छैन । 

पाँच वर्षअघि तल्लोतिरको ५ फिट बढी भाग मात्र संरक्षण गरिएको थियो । जियोटेक्सटाइल कपडाले बेरेर बालुवाले खाली च्याम्बरलाई पुरी स्तम्भ संरक्षण गरिएको थियो । माथिको भाग खुला छ । हावापानी र घाम तथा धुवाँधुलोको प्रदूषणले स्तम्भलाई थप कमजोर बनाउँदै लगेको छ । वर्षात्मा स्तम्भ दुईतीन महिना पानीमा डुब्ने गर्छ । 

जमीनको सतहसँग बराबर रहेकाले स्तम्भ डुब्ने गरेको हो । पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाइँदै गरेको कोष योजना प्रबन्धक सरोज भट्टराईले बताए ।