३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण



अ+ अ-

ललितपुर। ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि बढाएको छ । नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेको हो ।

गोदावरी नगरपालिका–२ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवाको रोपण गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिमार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकाले पालिकाको यसको प्रयोगलाई विस्तार गर्दै जाने बताउनुभयो ।

गोदावरी–२ का वडाध्यक्ष मनोहर सिलवालले हरित पूर्वाधार निर्माण गर्ने योजनासहित नेपालको पहिलो कार्बन नेगेटिभ पालिकाका रूपमा गोदावरीलाई स्थापित गराउन सकिने धारणा राख्नुभयो । भेटिभर प्रविधि अन्तरराष्ट्रियस्तरमा प्रभावकारी देखिएको भन्दै हाम्रोजस्ते पहिरोको उच्च जोखिम रहेको देशमा यसको प्रयोगलाई विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ उपत्यकासहित गोदावरीमा पछिल्लो समय पहिरोको जोखिम बढ्दै गएकाले त्यसको प्राकृतिक समाधानका रूपमा भेटिभरलाई लिइएको वडाध्यक्ष सिलवालले बताउनुभयो ।

उहाँका अनुसार संयुक्त राष्ट्रसङ्घले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिक प्रणाली पुनःस्थापनाको दशकका रूपमा घोषणा गरेको सन्दर्भमा यो प्रणाली पुनःस्थापनामा भेटिभरको प्रयोगलाई जोड दिइएको हो ।रासस