२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
अ अ+ अ-

ललितपुर। ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि बढाएको छ । नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेको हो ।

गोदावरी नगरपालिका–२ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवाको रोपण गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिमार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकाले पालिकाको यसको प्रयोगलाई विस्तार गर्दै जाने बताउनुभयो ।

गोदावरी–२ का वडाध्यक्ष मनोहर सिलवालले हरित पूर्वाधार निर्माण गर्ने योजनासहित नेपालको पहिलो कार्बन नेगेटिभ पालिकाका रूपमा गोदावरीलाई स्थापित गराउन सकिने धारणा राख्नुभयो । भेटिभर प्रविधि अन्तरराष्ट्रियस्तरमा प्रभावकारी देखिएको भन्दै हाम्रोजस्ते पहिरोको उच्च जोखिम रहेको देशमा यसको प्रयोगलाई विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ उपत्यकासहित गोदावरीमा पछिल्लो समय पहिरोको जोखिम बढ्दै गएकाले त्यसको प्राकृतिक समाधानका रूपमा भेटिभरलाई लिइएको वडाध्यक्ष सिलवालले बताउनुभयो ।

उहाँका अनुसार संयुक्त राष्ट्रसङ्घले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिक प्रणाली पुनःस्थापनाको दशकका रूपमा घोषणा गरेको सन्दर्भमा यो प्रणाली पुनःस्थापनामा भेटिभरको प्रयोगलाई जोड दिइएको हो ।रासस