२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफल समयको बरबादी भएको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम कर्मचारी रहेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम परम्परा धान्न आएको बताउँदै त्यसमा कमा र फुल स्टप पनि परिवर्तन नहुने बताउनु भयो ।

उहाँले सांसदहरूका सुझावलाई सरकारले बेवास्ता गर्ने गरेको भन्दै नीति तथा कार्यक्रमको छलफल र बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी रहेको आवश्यकता औँल्याउनु भयो । सांसद शर्माले सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद र जनतालाई सुनाउने मात्र नबनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले लोकतन्त्रको विधि अनुशरण गर्न अप्ठ्यारो र असहजता मानिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, “मलाई अनौठो लागिरहेको छ, लोकतान्त्रिक व्यवस्थामा स्थापना भएको सरकारले लोकतन्त्रको विधि अनुसरण गर्न किन अप्ठ्यारो मानिरहेको छ । किन यसमा यति धेरै असहजता महशुस भइरहेको छ । यसमा मलाई अनौठो लागेको छ, त्यसैले बाध्य भएर के भन्न बाध्य छौँ भने यो नीति तथा कार्यक्रम कर्मकाण्डी छ, यो नीति तथा कार्यक्रम परम्परा धान्न आएको छ, यसमा कमा र फुल स्टप पनि परिवर्तन हुनेछैनन् । हामीले समयको बरबाद मात्र गरिरहेका छौँ । त्यस कारण यस्तो खालको नीति तथा कार्यक्रम र यस्तो खालका बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी छ । यसतर्फ सरकारले सोचोँस । सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद् र बाहिर जनतालाई सुनाउने मात्र नबनाइयोस् ।”

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकको आस र अपेक्षालाई पूरा गर्न नसक्ने बताउनु भयो ।