११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा

पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना

पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना
अ अ+ अ-

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानसँगै होटल, होमस्टे, ट्राभल एजेन्सी, यातायात, रेस्टुरेन्ट, गाइड सेवालगायतका क्षेत्रहरूमा रोजगारीको अवसर सिर्जनासँगै चिनियाँ लगानीकर्ताहरूका लागि व्यापारिक सम्भावनालाई पनि उजागार गर्ने बुझाई व्यवसायीको छ ।

पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै अहिलेको उडानले चिनियाँ पर्यटक पोखरामा भित्रिने र भ्रमण वर्ष सफल हुनेमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि आशावादी हुनुहुन्छ । पोखरा–छेन्दु सिधा अन्तरराष्ट्रिय उडान चिनियाँ पर्यटकलाई सिधै पोखरा ल्याउने ढोका खोलिदिएको उहाँको भनाइ छ । “पोखरामा अन्तरराष्ट्रिय उडानसँगै चिनियाँ पर्यटकलाई प्रत्यक्ष रूपमा भित्र्याउन सकिने भएको छ, यसले भ्रमण वर्ष सफल पार्न चीनसँगको सहकार्य महत्वपूर्ण हुनेछ”, प्रमुख आचार्यले भन्नुभयो । “गत चैत ५ गतेको पहिलो व्यावसायिक उडानमा पर्यटन व्यवसायीलगायतको टोलीले पर्यटन प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण र सांस्कृतिक आदानप्रदानका लागि चिनियाँ निकायहरूसँग दीर्घकालीन सहकार्यका विषयमा छलफल गरेको थियो”, आचार्यले भन्नुभयो ।

प्रमुख आचार्यले चीनको उच्च उत्पादन क्षमता, प्रविधिमा अग्रता, नवप्रवर्तनशील सोच र ठूलो उपभोक्ता बजारबाट धेरै सिक्न सकिने बताउनुभयो । “सिधा उडानले दूरी घटाएको छ, सम्बन्ध बढाएको छ, अब एकअर्काको रहनसहन र संस्कृतिलाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “चिनियाँ पर्यटकलाई लक्षित गर्दै हिमाल, ताल, प्याराग्लाइडिङ, ट्रेकिङ र सांस्कृतिक भ्रमणसहितको विशेष प्याकेज तयार पार्ने योजना छ ।” प्रमुख आचार्यले पोखरा र चीनका प्रमुख सहरहरूबीच ‘ट्विन सिटी’ सम्बन्ध विकास, संयुक्त प्रचारप्रसार, सांस्कृतिक आदानप्रदान कार्यक्रमहरु ‘नेपाल–पोखरा पर्यटन सप्ताह’ चाइना टुरिज्म फेस्टिभल’मार्फत सम्बन्ध अझ प्रगाढ बनाउने योजना रहेको सुनाउनुभयो ।

पोखरा–छेन्दु सिधा उडानले पोखराको पर्यटनमा नयाँ युगको सुरुआत गराएको र नेपाल–चीन सम्बन्धलाई पनि थप मजबुत बनाउने अपेक्षा उहाँको छ । पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्न महानगरले पूर्वाधार सुधार, पर्यटकमैत्री वातावरण निर्माण र स्थानीय व्यवसायीहरूको सक्रिय सहकार्य सुनिश्चित गर्ने निरन्तर पहल गरिरहेको उहाँले बताउनुभयो ।

पर्यटक भित्र्याउनका लागि कनेक्टिभिटी पहिलो सर्त रहेको जनाउँदै पोखरा–छेन्दु सिधा उडानले चीनबाट पोखरा पुग्न सहज बनाउँदै गण्डकी प्रदेशको पर्यटनमा नयाँ ऊर्जा थपेको बताउनुहुन्छ, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक तथा पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई । ‘चीनमा भिजिट नेपाल वर्ष २०२५’ को अवसरलाई सदुपयोगसँगै यो सिधा उडानबाट पोखरा भ्रमण वर्ष सफल पार्न हाम्रो प्रयास जारी रहेको छ ।” “हामी पूर्वाधार, सेवा, सुरक्षा र प्रवद्र्धनका लागि एकीकृत पहमा जोड दिइरहेका छौँ, पोखरालाई अन्तरराष्ट्रियस्तरको आकर्षक गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।” भट्टराईले सिधा उडानले सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्धलाई समेत थप मजबुत बनाउने बताउनुभयो । सामाजिक रूपमा चीनमा नागरिकहरूको अधिकार र कर्तव्यको उत्कृष्ट सन्तुलन देखिन्छ । उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, राष्ट्रप्रतिको समर्पण र अनुशासनमा प्राथमिकता दिएका छन्, जुन हामीले सिक्न जरुरी रहेको उहाँको भनाइ छ । भट्टराईले भन्नुभयो, “आर्थिक हिसाबले चीनको औद्योगिक विकास, प्रविधिमैत्री सोच, निर्यातमुखी उत्पादन, साना उद्यमहरूको प्रवद्र्धन र योजनाबद्ध विकास रणनीति अत्यन्त प्रभावकारी छन् । नेपालले पनि आत्मनिर्भरता, उत्पादनशीलता र प्रविधिको प्रयोगमा चीनबाट धेरै सिक्न सक्छ ।”

राजनीतिक रूपमा, चीनमा दीर्घकालीन योजनाको निरन्तरता, स्थिर नेतृत्व, नीति कार्यान्वयनमा दृढता र राष्ट्रहितमा एकमत हुने प्रवृत्ति छ । हामीले अर्को सिक्नैपर्ने पक्ष यो पनि हो । राजनीतिक अस्थिरताले हाम्रो मुलुकलाई गम्भीर असर पारिराखेको छ ।

त्यसैगरी सांस्कृतिक दृष्टिले पनि चीनले आफ्नो भाषा, खानपान, परम्परा र जीवनशैलीलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याएको छ । हामीले पनि हाम्रो मौलिक संस्कृतिहरूलाई प्रवद्र्धन गर्न सक्छौँ । उहाँले नियमित उडान भएपछि पोखराको पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । यसले पोखराको प्राकृतिक सौन्दर्य, साहसिक गतिविधिहरू र सांस्कृतिक धरोहरलाई चिनियाँ पर्यटकसम्म प्रभावकारी तरिकाले पु¥याउन मद्दत गर्नेछ । साथै, पोखरामा पर्यटकहरूको आगमन बढ्ने र पर्यटन उद्योगलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै उहाँ यस सहकार्यलाई पोखराको पर्यटन क्षेत्रको दीर्घकालीन समृद्धिको आधार मान्नुभएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस वर्ष नेपाल–चीन मैत्री सम्बन्ध स्थापनाको ७०औँ वर्ष मनाइँदै र सन् २०२५ लाई नेपाल र चीन दुवै देशका सरकारले चीनमा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको अवसरमा भएको उडान पोखराको पर्यटनका लागि अवसर र अपरिहार्यता भएको बताउनुभयो ।

“प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र साहसिक पर्यटन गतिविधिले भरिपूर्ण पोखरा चिनियाँ पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गन्तव्य हो, अहिले विशेष अवसरमा छौँ, दुवै देशबीच पर्यटन प्रवद्र्धनका गतिविधिहरू विस्तार गर्ने समय हो, जसबाट चीनबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउने आशा गर्न सकिन्छ ।”

गण्डकी प्रदेश तथा पोखराको चीनका विभिन्न सहरहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै सङ्घीय सरकार, स्थानीय तह र निजी क्षेत्रको सक्रिय र सन्तुलित सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ । “चिनियाँ सरकार, स्थानीय तह तथा निजी क्षेत्रसँग सहकार्य र समन्वय प्रभावकारी ढङ्गले अगाडि बढाइयो भने यो सिधा उडान नियमित हुने सम्भावना बलियो छ”, लामिछानेले भन्नुभयो ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीदेखि अप्रिल महिनासम्म ३६ हजार ९५४ चिनियाँ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको (३८ हजार २९०) तुलनामा करिब ३ दशमलव ४९ प्रतिशतले कम हो । यस्तो अवस्थामा पोखरा–छेन्दु सिधा उडानको आवश्यकता अझै स्पष्ट हुने उहाँको बुझाइ छ । “यस उडानले चीनबाट पोखरामा पर्यटक आगमन बढाउने मात्र होइन, दुई देशबीचको आपसी सम्बन्धमा नयाँ ऊर्जा थप्नुका साथै, नेपाली पर्यटकहरूका लागि पनि चीन भ्रमण सहज हुने भएकाले, चीनमासमेत उनीहरूलाई स्वागतयोग्य वातावरण तयार पार्नु त्यत्तिकै महत्वपूर्ण देखिन्छ ।” लामिछानेले पर्यटन विकासमा नवीनतम् सोचको विकास सहित प्रविधिमैत्री वातावरणमा पनि जोड दिन आवश्यक रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं ओपन हर्ट ट्राभल नेपाल प्रालिका सञ्चालक पोमनारायण श्रेष्ठले यो सिधा उडानलाई पर्यटन विस्तारकोे महत्वपूर्ण पाटोका रूपमा लिएको बताउनुभयो । “यो उडानले पोखरा र चीनबीचको दूरी मात्रै घटाउने होइन, सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्धलाई पनि थप मजबुत बनाउनेछ ।” नियमित अन्तरराष्ट्रिय उडानहरू पोखराको पर्यटन क्षेत्रको दीर्घकालीन समृद्धिका लागि आधारशिला बन्न सक्ने र त्यसको लागि केही कुरामा सुधार औंल्याउनुभयो । पोखराबाट अन्तर्राष्ट्रिय उडान सफल बनाउनका लागि विभिन्न रणनीतिमा समन्वय आवश्यकमा जोड दिंदै उडानको माग सुनिश्चिता गर्न गन्तव्यको व्यापक प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ । “चिनियाँ पर्यटकलाई लक्षित गरी विशेष प्याकेज तयार पारेर पोखराको प्राकृतिक, सांस्कृतिक र साहसिक गन्तव्यको प्रचार गर्न सकिन्छ,” श्रेष्ठले भन्नुभयो । “नेपाल र चीनबीच स्पष्ट र सहज हवाई समझदारी गरिनु अत्यन्त जरुरी छ, जसले उडान तालिका सुनिश्चित गर्न र नियामक सहजीकरणमा सहयोग पु¥याउँछ ।”

नेपाल सरकारले चीनसँगको पर्यटन सहकार्य, भिसा सहजीकरण, तथा नेपालमा चिनियाँ लगानी र व्यापार विस्तारजस्ता रणनीतिमा ध्यान दिएर यो उडानलाई स्थायित्व दिन आवश्यक रहेको उहाँले बताउनुभयो । “सबैभन्दा पहिले, पोखरामा चिनियाँ भाषी गाइड, मेनु र सूचना बोर्डको अभाव छ, जसका कारण पर्यटकहरू अप्ठ्यारो महसुस गर्छन् । यसमा पनि ध्यान दिनुपर्छ ।” उहाँले पोखराको छेन्दुसम्म जुन तरिकाले व्यावसायिक चार्टर उडान भएको छ चिनियाँ पक्षबाट पनि त्यसरीनै तदारुकता देखाउने हो भने यो नियमित उडानले स्थायित्व पाउने र पोखरेलीले देखेको सपना पूरा हुने बताउनुभयो ।

पोखरा विमानस्थलबाट चैत ५ गते सिचुवान एयरलाइन्सको गरेको उडानमा प्रमुख आचार्यसहित, पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी र पोखराका सङ्घसंस्थाका पदाधिकारीहरू पत्रकारहरुको सहभागिता थियो । भ्रमणको समन्वय गण्डकी प्रदेश सरकार, नेपालस्थित चिनियाँ दूतावास र सिचुवान एयरलाइन्सले गरेको थियो ।

त्यसयता सिचुवान एयरलाइन्सले थप तीन उडान गरेको छ । अहिलेसम्म व्यावसायिक चार्टर उडानबाट करिब ४०० चिनियाँ पर्यटक नेपाल भित्रिएिका छन् । चिनियाँ एजेन्सिले जनाए अनुसार करिब एक हजार २५० चिनियाँ पर्यटक नेपाल आउन तयार छन् । योसँगै हिमालय एयरलाइन्सले पनि पोखराबाट चिनको ल्हासासम्मको उडान गरेको छ ।

नेपाल–चीनबीच व्यापार, पूर्वाधार, संस्कृति, शिक्षा र पर्यटनमा सहकार्य बढ्दो छ । चीनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ऋण सहायता प्रदान गरेको थियो र यसलाई बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० अन्तर्गतको ‘फ्ल्यागशिप प्रोजेक्ट’ मानेको छ । यद्यपि नेपालले यसलाई औपचारिक रूपमा बिआरआईअन्तर्गत नराखे पनि चिनियाँ भूमिका महत्वपूर्ण रहँदै आएको छ । रासस