२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धुर्वबहादुर प्रधानले सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद प्रधानले सरकारले व्यवस्था विरोधी गतिविधिको प्रतिवाद गर्ने नीतिको विरोध गर्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सरकारले न्याय प्रणालीलाई समेत दुरुपयोग गरी जनताको भावना निस्तेज गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाउनु भयो । उहाँले गत चैत १५ गतेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न न्यायिक छानविन आयोग गठन गर्न समेत माग गर्नुभयो । उहाँले तोडफोड, आगजनी र हत्याका घटनाहरु एकअर्कालाई आक्षेपित गर्न प्रयोग गरिएको समेत टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रममा पनि जनताको अभिव्यक्तिलाई बन्देज लगाउने विषयहरु आएका छन् । न्याय प्रणालीलाई दुरुपयोग गरी जनताको भावना निस्तेज गर्ने दुष्प्रयास गर्नु हुँदैन । त्यसकारण म सभामुख महोदयमार्फत निवेदन गर्न चाहन्छु– चैत १५ गतेको तीनकुने घटनाको सम्बन्धमा अनुसन्धान गर्न न्यायिक छानविन आयोग गठन होस् । तोडफोड, आगजनी र हत्याका घटनाहरु एकअर्कालाई आक्षेपित गर्न प्रयोग गरिएको छ । त्यसको बारेमा स्पष्ट कुराहरु न्यायिक छानविनबाट आउने छन् । र सबैलाई स्पष्ट हुनेछ कि यो घटना कसले घटाएको हो ?’

सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संविधान र व्यवस्था विरोधी गतिविधिको प्रतिवाद गर्ने नीति लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको उक्त नीतिको विरोध गर्दै आएको छ । राप्रपा राजसंस्था स्थापनाको मागसहित देशव्यापि अनिश्तिकालिन आन्दोलनको समेत घोषणा गरिसकेको छ ।