१ आश्विन २०८३, बिहीबार
,
Latest
‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स, जर्मनी र इटलीले लिवियामाथि प्रतिबन्ध लगाउने चेतावनी



अ+ अ-

काठमाडौं । सबै द्वन्द्वरत लिवियाली पक्षलाई युद्धविराम गर्न तथा लिवियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप रोक्न फ्रान्स, जर्मनी र इटलीले आग्रह गरेका छन् । 

स्थानीय समय अनुसार शनिबार साँझ यूरोपेली शक्ति राष्ट्रहरूले यदि लिवियामा संयुक्त राष्ट्रसंघद्वारा लगाइएको हतियार प्रतिबन्धलाई उल्लङ्घन गरेमा आफूहरूले लिवियामाथि प्रतिबन्ध लगाउन तयार रहेको बताएका हुन् ।

फ्रान्सको राष्ट्रपतिको कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक संयुक्त विज्ञप्तिमा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ, जर्मन चान्सलर एङ्जेला मर्केल, र इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले लिवियामा जारी युद्धले राष्ट्रसंघको निर्देशनलाई उल्लङ्घन गरेकोले सबै लिवियाली पक्ष तथा उनीहरूका विदेशी सहयोगीलाई तुरून्तै लिवियामा जारी युद्ध रोक्न र सैनिक परिचालनलाई रोक्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “लिवियाली आकाश, समूद्र र भूमिमा संयुक्त राष्ट्रसंघद्वारा लगाइएको हतियार प्रतिबन्धलाई उल्लङ्घन गरेमा आफूहरूले लिवियामाथि प्रतिबन्धको सम्भावित उपयोगको विचार गर्न हामी तयार छौँ र यूरोपेली विदेश तथा सुरक्षा नीतिका लागि यूरोपेली संघका उच्च प्रतिनिधिले अघि सार्ने गर्ने प्रस्तावहरूको प्रतिक्षा गरिरहेका छौँ ।” 

“यस कठिन घडीमा हामीले संयुक्त राष्ट्रसंघलाई सैनिक निशेधित क्षेत्रको घोषणा तथा युद्धविरामलगायत सबै विकल्पहरूको खोजी गर्न प्रोत्साहन गर्दछौँ । साथै, हामी यो दोहोराउन चाहन्छौँ कि लिवियाली शान्तिका लागि संयुक्त राष्ट्रसंघका महासचिबका विशेष दूतलाई पठाई लिवियाली गतिविधिको अनुगमन गर्न जरूरी रहेको छ ।”

संयुक्त राष्टम«संघ सुरक्षा परिषद्ले जुन ६ मा लिवियामा हतियार प्रतिबन्ध गर्नका लागि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई समूद्रमा पानीजहाजहरूको निरीक्षण गर्नका लागि थप १२ महिना समयसीमा विस्तार गर्ने प्रस्ताव पारित गरेको थियो । 

सुरक्षा परिषद्ले लिवियामा सन् २०११ देखि हतियार किनबेचमा प्रतिबन्धलगायतका प्रतिबन्धलगाएको थियो । लिवियास्थित संयुक्त राष्ट्रसंघीय नियोगले देशमा सशस्त्र द्वन्द्व जारी भएदेखि नै यसको आलोचना गर्दै आएको छ ।