३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

सिटभरि यात्रु, छैन सुरक्षा

सिटभरि यात्रु, छैन सुरक्षा
फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट  गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।
    
सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । शुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन । यातायात व्यवसायीले सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने नियम पालना नगर्दा दूरी कायम हुन नसक्ने देखिएको यात्रु मङ्गले तामाङले गुनासो गर्नुभयो ।

“बौद्धबाट डिल्लीबजारका लागि आज यात्रा गर्दा बा३ख १९२२ नं सार्वजनिक यातायातमा अगाडिका सबै सिटमा यात्रु बसेका थिए, जानैपर्ने काम भएकाले पछाडिपट्टिको सिटमा गएर बसेँ, डिल्लीबजारमा झर्ने बेलामा परिचालकले भाडा साबिककामा ५० प्रतिशतभन्दा बढी नै लिए तर यात्रु राख्न पाउने नियमको भने बेवास्ता गरे, मैले यात्रा गरेको दूरीमा कतै पनि सवारीमा अनुगमन भएको देखिनँ”, उहाँले भन्नुभयो । 

विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ । दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ । सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ । 

विभागमा हालका लागि तोकिएभन्दा बढी यात्रु राख्न थालेको गुनासो आउन थालिसकेको महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्नेलाई स्थलगत रुपमै कारवाही गर्न ट्राफिक प्रहरीलाई भनिएको विभागले जनाएको छ ।

“सडकमा खटिने ट्राफिकले सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको अनुगमन गर्छन्, सार्वजनिक सवारीमा चढ्ने यात्रुले पनि आफू सँगैको सिटमा अर्को यात्रु बसेमा ट्राफिक प्रहरीको १०३ नं मा फोन गरेर जानकारी गराउन सक्छ, सिट क्षमताको आधामात्र यात्रु राख्नकै लागि ५० प्रतिशत भाडा बढाइएको हो”, उहाँले भन्नुभयो ।

हाल आएका गुनासो सम्बोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ । सिट क्षमताभन्दा आधा कम यात्रु राख्ने विषय जनताको स्वास्थ्यसँग सम्बन्धित रहेकाले अनिवार्य रुपमा अक्षरशः पालना गर्न विभागले आह्वान गरेको छ ।