२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्छः रामहरि खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आंतकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताउनु भयो । उहाँले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह समेत गर्नुभयो । उहाँले आंतकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ र समर्थन दिनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “रुस–युक्रेन युद्ध, इजरायल–हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरणको प्रयासको प्रभाव, भारतले पाकिस्तानी आंतकवादका विरुद्ध गरेको युद्ध जस्ता कुराले हामी झन् जोखिमयुक्त अवस्थामा हामी छौँ भन्ने लागेको छ । यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु । आतंकबादविरुद्धको लडाइमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।”

उहाँले धितोपत्र बोर्डका अध्यक्षका कमिसन काण्डहरू बाहिर आएको भन्दै यो विषयमा सरकारले दिनुपर्ने बताउनु भयो ।




भर्खरै