८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्सौलबाट भारत छिर्न लागेका ४ जना चिनियाँ नागरिक नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । नेपाल भारत सीमाक्षेत्र रक्सौलबाट चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।

रक्सौल नाकाबाट अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेका चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।

उनीहरूको अहिले बयान लिने काम भइरहेको छ । पक्राउ परेकाहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा बोल्नमा पोक्त रहेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।

भारत र पाकिस्तानको तनावपछि रक्सौल लगायत नेपाल भारत सीमा क्षेत्रमा कडा निगरानी बढाइएको छ ।