२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेमा डरलाग्दो दुर्घटना, बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइतेभ एका छन् ।
मुनिभैरव मन्दिर नजिक दुर्घटना भएको हो । सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ । उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् ।

दुर्घटना आज बिहान साढे ६ बजे भएको हो । बा ३ ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसका चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।