२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग खेल्ने लेस्टरकाे सपनामा टाेटेनह्याम बाधक



अ+ अ-

इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार भएकाे खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३–० ले पराजित गरेकाे छ । याे जितसँगै टाेटेनह्यामले युरोपा लिग खेल्ने सम्भावना बढाएको छ । तर हारले लेस्टरको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा भने धक्का पुगेको छ ।

हारका बाबजुद लेस्टर ६२ अंकका साथ लिगकाे चौथो स्थानमा छ । म्यानचेस्टर युनाइटेडकाे पनि समान अंक छ । लेस्टरको लिगको अन्तिम खेल म्यानचेस्टरविरुद्ध नै रहेको छ ।

जेम्स जस्टिनको आत्मघाती गोलले अग्रता लिएको टोटनह्यामका लागि ह्यारी केनले थप दुई गोल गरेका थिए ।

अर्को खेलमा साउथह्याम्पटनले बर्नमाउथलाई २–० ले हरायो । यो नतिजापछि बर्नमाउथ रेलिगेसनमा पर्ने निश्चित जस्तै भएको छ । उसको ३१ अंक छ र पुछारबाट दोस्रो स्थानमा छ ।