६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार पासको लागि घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गरियोस्ः प्रकाश ज्वाला



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै उहाँले एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनु भयो । उहाँले मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले मन्त्रालयहरू सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरेर जेलजस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “यति बेला देशमा अनियमितता, बेथिति, कुशासन व्याप्त छ । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ । प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ?प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस् । अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको एउटा जिउँदो नमुना सिंहदरबारको गेटमा देखिन्छ । मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु । मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई ४ दिबार र फलामे गेटले घेरेर जेलजस्तै बनाउने अनि जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य छैन । मन्त्रीहरू कालो सिसा भएको गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासका लागि गेटबाहिर तड्पिनुपर्ने, यो अवस्थाको अन्त्य गरियोस् ।”

उहाँले प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै तुरुन्त सम्पती विवरण सार्वजनिक गर्न माग गर्नुभयो ।