२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेट गाला २०२५ः शाहरुखले रेड कार्पेटमा डेब्यू गरेर इतिहास रचे



NEW YORK, NEW YORK – MAY 05: Shah Rukh Khan attends the 2025 Met Gala Celebrating “Superfine: Tailoring Black Style” at Metropolitan Museum of Art on May 05, 2025 in New York City. Dia Dipasupil/Getty Images/AFP (Photo by Dia Dipasupil / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अ+ अ-

एजेन्सी । मेट गाला २०२५ न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजना गरिएको थियो । यस वर्ष मेट गालाको थिम सुपरफाइनः टेलरिङ ब्ल्याक स्टाइल थियो ।

यो मेट गालामा यस वर्ष बलिउडका बादशाह शाहरुख खानले रेड कार्पेटमा डेब्यू गरेका छन् । यो डेब्यूसँगै शाहरुख खानले इतिहास रचेका छन् । उनी मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता हुन् ।

उनीभन्दा पहिले कुनै पनि भारतीय कलाकार मेट गालामा पुगेका थिएनन् । यसबाहेक, कियारा आडवाणी बेबी बम्प लिएर रेड कार्पेटमा देखिने पहिलो भारतीय अभिनेत्री पनि बनेकी छिन् ।

मेट गाला न्यूयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टको कस्ट्युम इन्स्टिच्युटमा वार्षिक रूपमा आयोजना गरिने एक परोपकारी कार्यक्रम हो ।

यो १९४८ मा सोसाइटी मिडनाइट डिनरको रूपमा सुरु भएको थियो । यस फेसन शोमा विश्वका स्टारहरूले राम्रो पहिरन लगाएर भाग लिन्छन् ।

मेट गाला १९९५ देखि भोग पत्रिकाकी सम्पादक अन्ना विन्टोरले आयोजना र अध्यक्षता गर्दै आएकी छिन् । सामान्यतया यो प्रत्येक वर्ष मे महिनाको पहिलो सोमबार आयोजना गरिन्छ । यसबाहेक, अन्ना विन्टोर आफैंले मेट गालाको विषयवस्तु तय गर्छिन् । साथै, पाहुनाहरूको छनोट अन्ना विन्टोर र उनको टोलीद्वारा गरिन्छ ।




भर्खरै