५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेट गाला २०२५ः शाहरुखले रेड कार्पेटमा डेब्यू गरेर इतिहास रचे



NEW YORK, NEW YORK – MAY 05: Shah Rukh Khan attends the 2025 Met Gala Celebrating “Superfine: Tailoring Black Style” at Metropolitan Museum of Art on May 05, 2025 in New York City. Dia Dipasupil/Getty Images/AFP (Photo by Dia Dipasupil / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अ+ अ-

एजेन्सी । मेट गाला २०२५ न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजना गरिएको थियो । यस वर्ष मेट गालाको थिम सुपरफाइनः टेलरिङ ब्ल्याक स्टाइल थियो ।

यो मेट गालामा यस वर्ष बलिउडका बादशाह शाहरुख खानले रेड कार्पेटमा डेब्यू गरेका छन् । यो डेब्यूसँगै शाहरुख खानले इतिहास रचेका छन् । उनी मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता हुन् ।

उनीभन्दा पहिले कुनै पनि भारतीय कलाकार मेट गालामा पुगेका थिएनन् । यसबाहेक, कियारा आडवाणी बेबी बम्प लिएर रेड कार्पेटमा देखिने पहिलो भारतीय अभिनेत्री पनि बनेकी छिन् ।

मेट गाला न्यूयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टको कस्ट्युम इन्स्टिच्युटमा वार्षिक रूपमा आयोजना गरिने एक परोपकारी कार्यक्रम हो ।

यो १९४८ मा सोसाइटी मिडनाइट डिनरको रूपमा सुरु भएको थियो । यस फेसन शोमा विश्वका स्टारहरूले राम्रो पहिरन लगाएर भाग लिन्छन् ।

मेट गाला १९९५ देखि भोग पत्रिकाकी सम्पादक अन्ना विन्टोरले आयोजना र अध्यक्षता गर्दै आएकी छिन् । सामान्यतया यो प्रत्येक वर्ष मे महिनाको पहिलो सोमबार आयोजना गरिन्छ । यसबाहेक, अन्ना विन्टोर आफैंले मेट गालाको विषयवस्तु तय गर्छिन् । साथै, पाहुनाहरूको छनोट अन्ना विन्टोर र उनको टोलीद्वारा गरिन्छ ।