२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियोः उपसभापति वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामथ्र्य स्पष्ट पारिदिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गर्नुभयो । सरकार दुई दलबीचको सम्झौताअनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरु मजाकजस्तो भएको बताउनु भएको हो । उहाँले देशमा आर्थिक तथा प्राकृतिक संकट हुँदा मात्र देशका दुई प्रमुख दल मिल्ने परम्परा रहेपनि वर्तमान सरकारले जनतामा कुनै उत्साह दिन नसेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा सरकारले संविधान संशोधन र अर्थतन्त्र सुधारको कुनैपनि कार्यक्रम नराखिएको बताउनु भयो । सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै नेताहरु समेत सन्तुष्ट नरहेको उहाँको टिप्पणी छ ।

उहाँले भन्नुभयो, ‘देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार चलाउँदा उत्साह हुनुपर्ने हो नि त्यस्तो छैन । देशमा ठूलो संकट हुँदा तथा आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि गरिने प्रयोगको नतिजा के छ लगभग शून्य । सात बुँदे सम्झौतामा भनिएको थियो हामी हामी भ्रष्टाचार गर्दैनौं सुशासन इत्यादि । त्यो आज मजाक भइसकेको छ । आजभोलि टेलिभिजनमा कमेडि कार्यक्रमहरु चलेनन् भने कुनै मन्त्रीलाई उभ्याएर त्यो वाचन गर्न लगाइदिए हुन्छ । नीति तथा कार्यक्रममै संविधान संशोधनको एउटै बुँदा समावेश गरिएको छैन । र अर्थतन्त्रको सुधारको कुरा पनि कतै उल्लेख छैन । त्यसकारण यो दुई तिहाईको सरकारको लय र चरित्र, समाथ्र्य यस्तै नै हो त । यो नीति तथा कार्यक्रमले त्यस कुरालाई न्याय गरेको छ जस्तो लाग्छ त ? सत्तारुढ दलकै राजनीतिज्ञहरुसँग छलफल गर्दा ठूलो निराशा भएको मैले पाएको छु । अब यी खुद्रे, मसिना र परिक्षित घोषणाहरुमा नीति तथा कार्यक्रम रुमलिएको छ ।’

नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरि कार्यान्वयनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।