१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति



अ+ अ-

जुम्ला । यही वैशाख १७ गते राति परेको असिनापानीले यहाँको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताउनुभयो ।

जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह् हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयले जनाएको छ ।

असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ । किसान नुर्बु लामाले लामाले भन्नुभयो, “गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ । सो वडाका आफूसहितका नौ घर परिवारका स्याउमा असिनापानीले क्षति गरेको छ ।” प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिने थालेको स्याउ किसान लामाको भनाइ छ ।

स्याउलगायत जौँ, गहुँ, मकै, भोटे जिरालगायत बालीमा क्षति गरेको छ । गत वर्षतिर शिखर इन्स्योरेन्सले बिमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यो वर्ष बिमा नहुँदा स्याउ किसान मर्कामा परेको लामाले बताउनुभयो । गुठीचौर–२ मुडरीगाउँमा असिनापानीले स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताउनुभयो । कोल्ते, गुठीगाउँ र मुडुरीगाउँ लगायत करिब पाँच सय ५० घरपरिवारले लगाएको गहुँ, जौँ, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको छ । जौँ र गहुँबाली भित्र्याउने बेला परेको असिनापानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ ।