३ पुष २०८२, बिहीबार
,
Latest
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश यस्तो बन्यो एमालेको टिम प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माको प्रश्नः सरकार यति गैरजिम्मेवार किन ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।

उहाँले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गर्नुभयो । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शुन्य समय शुन्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’

सरकार गैरजिम्मेवार किन? भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।