२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा जुटेन सहमति, स्थायी समिति बैठक साउन १३ सम्म स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा स्थायी समितिको बैठक आज फेरि स्थगित भएको छ । यो बैठक यही साउन महिनाको १३ गते सम्मका लागि स्थगित भएको हो ।  आज बालुवाटारमा एकैछिन मात्र बसेको बैठक फेरि स्थगित भएको हो । १३ गत बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको बताइएको छ । 

आज बिहान बसेको बैठकमा देशमा जारी रहेको बाढी पहिरो प्रभावितको उद्धार तथा राहातको लागि पार्टीले विशेष प्रस्ताव पारित गरेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए । आजको बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए ।

प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि यो बैठक प्रभावित हुदै आएको छ । जारी स्थायी समिति बैठक पार्टीको आन्तरिक विवादका कारण न सुचारु हुने र नत समापन नै हुने अवस्थामा पुगेको छ ।