३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण

हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण
अ+ अ-

काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण गराएका छन् । 

सञ्जालले लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध र समुन्नत समाजका लागि नीति निर्माण तहमा महिलाहरुको अनिवार्य सहभागिता गराउन सभामुख अग्नि प्रसाद सापकोटाको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा सभामुखको निर्वाचन भएको लामो समय वित्दा समेत उपसभामुख पद रिक्त भएको प्रति सञ्जालको गम्भिर ध्यानाकर्षण भएको महासचिव नीलम वर्माले बताउनुभयो । उहाँले यथासिघ्र उपसभामुखको निर्वाचन गराउन पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो । संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानूनहरु संघीय निजामति सेवा, शिक्षा सेवा, विशेष सेवा लगायतका विधेयकहरुमा पदपूर्ति सम्बन्धि व्यवस्थाको प्रावधान परिवर्तन गरी संविधानको भावना अनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ ।

सभामुख सापकोटाले आफु निर्वाचित भएपछि लगायतार उपसभामुखको निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफलमा रहेको बताउनुभयो । प्रधानमन्त्री समेत रहनुभएका सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु भेटेर आफुले पटक पटक उपसभामुखको निर्वाचनका लागि कुरा राखेपनि अहिलेसम्म निर्वाचन हुन नसकेको बताउनुभयो । उपसभामुखको निर्वाचन गराउने आफ्नो मुख्य काम भएपनि सभामुखको हैसियतले प्रधानमन्त्ती लगायतका नेताहरुसँग निरन्तर छलफल गरेपनि त्यसले सार्थकता नपाएको उहाँले बताउनुभयो ।

सञ्चालले नीति निर्माण र कार्यान्वयन तहमा सहभागित नगराई राष्ट्र निर्माणको काम पुरा नहुने बताएको छ । आर्थिक, सामाजिक, सांस्कृति रुपान्तरणका साथ गरिने राज्यको पुनरसंरचना र त्यसबाट बन्ने समृद्ध र समुन्नत नेपालका लागि महिलाहरुको सहभागिता अनिवार्य रहेको सञ्जालले बताएको छ ।