२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा यही वैशाख २८ देखि बजेट अधिवेशन सुरु हुने



अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । त्यसका निम्ति प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । आजैको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । रासस