३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनआरएनए’ को एकता महाधिवशनबाट महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाडौं । काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीबाट मुलुकले धेरै ठूलो आशा गरेको बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको भएपनि हालसम्म त्यसको पूर्ण कार्यान्वयन हुन नसक्दा दु:ख लागेको उल्लेख गर्नुभयो । गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्णसहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले एनआरएनसँग रहेको ज्ञान र सीप मुलुकको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । एनआरएनका मुद्दालाई सम्बोधन गर्न आफ्नो दल सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उहाँले लगानी विस्तार, सीप र क्षमताको अधिकतम् प्रयोग गरेर मुलुकलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

एनआरएनएका पूर्वअध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ता, आरके शर्मा, डा केशव पौडेललगायतलले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै पक्षलाई सहमतिमा आउन आग्रह गर्नुभयो ।

महाधिवेशनले गैरआवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी शीघ्र विद्यमान ऐन कानुनमा संशोधन गर्न सरकारलाई अनुरोध गरेको छ । विदेशमा बस्ने नेपालीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।

त्यसैगरी मध्यपूर्वलगायतका मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या र त्यहाँ अज्ञानतावश जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले गत शनिबार गर्नुभएको थियो । रासस