९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

संस्कृति जोगाउन वीरगन्जमा घोडा दौड

संस्कृति जोगाउन वीरगन्जमा घोडा दौड
अ अ+ अ-

वीरगञ्ज, (पर्सा) । वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो ।

घोडा दौड प्रतियोगितामा छिमेकी मुलुक भारतको विहार राज्यका मोतिहारी, पश्चिम चम्पारण जिल्ला र नेपालका १६ घोड सवारबीच प्रतिस्पर्धा गराइएको थियो । ब्रहम बाबा सञ्चालक सेवा समिति तथा बिपी कोइराला युवा नेतृत्व मञ्चको आयोजनामा भएको उक्त दौडमा १६ घोड सवारबीच प्रतिस्पर्धा गराइएको थियो । समितिका अध्यक्ष प्रभु चौरसियाले दुवै मुलुकबीच सदियौँदेखि चल्दै आएको सद्भाव कायम गर्न पनि प्रतियोगिताले ठूलो मद्दत पुर्याएको बताउनुभयो ।

घोडा दौड हेर्न उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको घुइँचो लागेको थियो । उहाँले भन्नुभयो, “दर्शकको घुँइचो र उत्साहले आगामी वर्षमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको छ ।” घोडा दौड प्रतियोगितामा भारतको मोतिहारीका विचारी यादवको घोडा प्रथम भएको छ । प्रथम हुनेलाई कुलर मेसिनले सम्मानित गरियो । त्यस्तै द्वितीय पुरस्कार मोतिहारीकै कोट्वाका मेनेजर ज्यादवको घोडाले प्राप्त गर्यो । त्यस्तै तृतीय पुरस्कार भने पर्साको सिर्सियाका हरिशङ्कर सिंहको घोडाले प्राप्त गर्यो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री जर्नादनसिंह क्षेत्रीले लोपोन्मुख हुँदै गएको घोडा दौड प्रतियोगिताले नेपाल र भारतबीच मैत्रीपूर्ण भावनाको विकास गर्न सघाउ पुर्याएको बताउनुभयो । मन्त्री क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमलगायतले घोडा दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्नुभयो । रासस