२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
सङ्घीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्ने कुरा सरकारको प्राथमिकतामाः गगन थापा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: अध्यक्ष दाहाल निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं: राजेन्द्र लिङ्देन बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित



अ+ अ-

इनरुवा, (सुनसरी) । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उहाँसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित हुनुभएको हो ।

“मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले रासससँग भन्नुभयो । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताउनुभएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताउनुभयो । उहाँ नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थाल्नुभएको हो ।

विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दैआउनुभएको छ । उहाँलाई न आमाबुबा न घरको बारेमा जानकारी छ । यहाँ काम गर्नुअघि उहाँको नाम चङ्खे थियो । अहिले उहाँ अर्जुन भुजेलको नामबाट चिनिन थाल्नुभएको छ । भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आउनुभएको छ ।

“आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँले नागरिकता बनाउन पहल गरिदिन आग्रह गर्नुभयो । रासस