१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रमले देशलाई निकास दिदैन : प्रभु साह



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले आज संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिएका छन् ।

उनले सरकारले आज ल्याएको नीति तथा कार्यक्रमले मुलुकलाई निकास नदिनेपनि ठोकुवा गरेका छन् । नीति तथा कार्यक्रमबारे संघीय संसद भवन बानेश्वरमा प्रतिक्रिया दिने क्रममा साहले यसले देशलाई निकास दिन नसक्नेमात्रै नभएर ‘क्यान्सरको रोगाीलाई टिबीको औषधी’ को संज्ञा दिएका छन् ।

उनले आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम गत वर्षकै कार्यक्रमलाई ‘कपी एण्ड पेष्ट’ गरिएको पनि आरोप लगाएका छन् ।