९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

चलचित्र ‘झिल्को’ ले डिजिटल कुलतबाट निस्किन सहयोग गर्छः अभिनेता पोखरेल

चलचित्र ‘झिल्को’ ले डिजिटल कुलतबाट निस्किन सहयोग गर्छः अभिनेता पोखरेल
अ अ+ अ-

काठमाडौँ। मानिसको जीवनमा मोबाइल अभिन्न हिस्सा बनिसकेको छ । एक समय थियो जब मोबाइल केवल सम्पर्कको माध्यम थियो, तर आज त्यो जीवनशैली निर्धारण गर्ने शक्तिमा परिणत भएको छ । डिजिटल कुलतको लतमा बालबालिका पनि परिरहेका छन् ।

खाना खानुभन्दा पहिले मोबाइल चलाउनु, अनलाइन गेम र युट्युबमा श्रव्यदृश्य हेर्नु बालबालिकाका लागि सामान्य भइसकेको छ । यी र यस्तै विषयलाई समेटेर निर्देशक यादव भट्टराईले चलचित्र ‘झिल्को’ तयार गर्नुभएको छ । चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

टेली शृङ्खला हुँदै चलचित्रमा अभिनय गर्न थाल्नुभएका अभिनेता पोखरेलले चलचित्र गरेर आफूले नयाँ विषयमा ज्ञान पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । यो चलचित्रमा अभियन गर्नु अगाडि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ । यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेष गरी बालबालिकालाई बचाउनु जरुरी छ ।”

चलचित्रमा अभिनय गर्ने तय भएपछि उहाँ आफैँले सामाजिक सञ्जालमा उपस्थिति कम गर्न थाल्नुभयो । आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाल्नुभयो । यसले विस्तारै आएको परिवर्तनलाई उहाँले महसुस गर्नुभएको छ ।

अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ । त्यो बिहान मात्र खुल्छ । मैले सुरुआती समयमा बच्चालाई मनाउन कठिनाईको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ । यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो”, अभिनेता पोखरेलले भन्नुभयो ।

उहाँले चलचित्रमा वास्तविक जीवनसँग नजिक रहेको पात्रलाई निर्वाह गर्नुभएको छ । पिताको पात्रमा अभिनय गर्दा उहाँले आफ्नै अनुभवलाई प्रयोग गर्नुभयो । त्यसकारण पनि पात्र जीवन्त देखिएको उहाँको बुझाइ छ ।  “म आफू  पिता पनि भएकाले मैले त्यो भावनालाई पर्दामा ल्याउन सकेको छु जस्तो लागेको छ । यो चलचित्र अभिभावक र बच्चाले हेर्नुपर्ने बनेको छ । किनकि यसमा मनोरञ्जनसँगै हामीलाई डिजिटल कुलतले दिइरहेको समस्या र यसले बढाएको सामाजिक दुरीका विषयलाई कथानकका रुपमा प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो ।

यो चलचित्रको विषयमा कुरा हुँदा उहाँले चलचित्रले पार्ने प्रभाव र विषयको गम्भीरतालाई बुझ्नुभएको थिएन । तर, चलचित्रसँग जोडिदै गएपछि कलाकारिता यात्रामा निकै राम्रो काम गरेको अनुभव उहाँले गरिरहनुभएको छ ।  “यो केवल चलचित्र मात्र होइन, यसको विषयले केही परिवारलाई डिजिटल लतबाट मुक्त गर्न सकियो भने हाम्रो अभियान सफल हुन्छ”, उहाँले भन्नुभयो ।

चलचित्र ‘झिल्को’ले आजको डिजिटल कुलतमाथि प्रश्न गरेको छ । डिजिटल उपकरणले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको निर्देशक भट्टराईको बुझाइ छ । डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर पार्छ भन्ने कथा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताउनुभयो ।

आज हामी डिजिटल कुलतलाई सामान्य ठानिरहेका छौँ, तर यो आगोको झिल्को जस्तै विस्तारै हाम्रो आत्मा डढाइरहेको छ । हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौँ । ‘झिल्को’ ले तपाईँ र तपाईँको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ”, उहाँले भन्नुभयो ।

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा दीपक बज्राचार्यले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, निर्देशक भट्टराईसँगै अरुणदेव जोशी र देव व्रतले कथा लेखनको काम गर्नुभएको छ । रासस