३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताउनुभएको छ ।

बिहीवार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आवद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाउनु भयो । उहाँले उदास, हतास र निराशालाई चिर्नकै लागिपनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गर्नुभयो । अध्यक्ष थापाले सम्पूर्ण हिन्दुवादी एक हुनुपर्ने वर्तमानको माग भएकाले वर्षायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातारण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राप्रपा, नेपालले विगत केही वर्षदेखि अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्ने, सनतान हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना गर्ने र अहिलेको तीन तहको संघीय संरचनालाई परिमार्जन गरेर केन्द्र र स्थानीय तहको २ तहमात्र व्यवस्था गर्नुपर्छ भनेर आह्वान गरिराखेको छ । बेला बेलामा सडक संघर्ष पनि गरिरहेका छौं । विभिन्न दलहरु र समूहहरुले एक्ला एक्लै गरेको संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन गर्न नसकिने भएका कारण सबै एकजुट भएर अगाडि बढौं भनेर आह्वान गर्दै प्रयास गरिरहेका छौं । अहिले राजसंस्था पुनःस्थापना गर्छु भनेर लागेका सबै दल र समूहहरुको वैशाख १५ गते नै सन्देश दिइसकेका छौं । त्यो सन्देशलाई आत्मसात गर्दै अहिलेको व्यवस्थाबाट मुक्ति चाहने सबैको एउटा साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।’

अध्इक्ष थापाले हिन्दुराष्ट्र स्थापना र सुशासन कायम गर्न राष्ट्रवादीहरुको आन्दोलनमा उत्रिएको दाबीसमेत गर्नुभयो ।