३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पार्नुभएको छ ।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष दाहालले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गर्नुभयो । उहाँले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ । तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनु होला । हामी आन्दोलनद्वारा फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर हामी अग्रसर छौँ । मैले तपाईंहरूलाई गम्भीरपूर्वक अपिल गर्न चाहन्छु, तपाईंहरू अगाडी आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो एकताको बलमा र हामीले अहिले पार्टीलाई नयाँ ठाउँमा लैजान जुन जमर्को लिडरसिपको लेभलबाट गरेका छौँ, त्यसलाई तलसम्म पु¥याउन सकियो भने संविधान संशोधन पनि हामीले भनेअनुसार गर्न सकिन्छ ।”

अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको बताउनु भयो । उहाँले माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गर्नुभयो । उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दा समेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गर्नुभयो । उहाँले नयाँ आन्दोलन, नयाँ अभियान र नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको दोहो¥याउँदै आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो । हामीलाई अपमानित गर्न खोजियो । तर, तपाईं हामीले देख्यौँ, जब हाम्रो पार्टीले अब कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने, एक्लै अगाडी बढ्ने भन्यौँ, उपनिर्वाचनमा तपाईँहरूले देख्नुभयो, हामी देशकै एक नम्बर पार्टी बन्यौँ । काँग्रेस र एमाले मिल्दा पनि हामीले स्ववियु निर्वाचनमा धेरै ठाउँमा जितेका छौँ र ऐतिहासिक रेकर्डहरू बनेका छन् । मलाई विश्वास छ, हामीले त्यो आत्मविश्वासका साथ काम ग¥यौं भने छिटै हामी फेरी अहिले देखा परेका तमाम समस्याहरू समाधान गर्न सकिन्छ । तपाईंहरू विचार गर्नुहोला, समय छिटै नै आउँदै छ, एउटा नयाँ आन्दोलनको, नयाँ अभियानको, नयाँ क्रान्तिको…त्यसको नेतृत्व गर्न पार्टी तयार छ । तपाईंहरू पनि आन्दोलनका लागि तयार रहनुस् ।”

अध्यक्ष दाहाले मुलुकमा पछिल्लो समय राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको बताउँदै उक्त दुःशाहसलाई रोक्ने ठूलो जिम्मेवारी आफूहरूको काँधमा आएको समेत बताउनु भयो ।