६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बलिदान’को प्रि-टिजर युट्युब ट्रेन्डिङमा नेपालमा पहिलो स्थानमा



अ+ अ-

काठमाडौं । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टा देखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थान बनाएको छ । यसका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको यो भिडियोलाई दर्शकहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यसैबीच, प्रि-टिजरले समाचार तयार पार्दासम्म ५ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ र विदेशमा समेत उत्तिकै चासोपूर्वक हेरिएको छ । विशेषतः नेपालीहरूको बाक्लो बसोबास रहेका युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, र दक्षिण कोरिया लगायतका मुलुकमा पनि प्रि-टिजर ट्रेन्डिङमा रहेको छ ।

देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहितको प्रि-टिजरमा अभिनेता समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ । “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई…” जस्ता संवादहरूले दर्शकमा राष्ट्रिय भावना झन् गहिरो बनाएका छन् । भिडियोकै अन्त्यतर्फ समीरको चिच्याहटले दृश्यलाई अझ सशक्त बनाएको छ ।

निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’ समीर भट्टको बहु आयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो । आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।

ट्रेन्डिङमा देखिएको यो उपस्थिति र दर्शकको उत्साहजनक प्रतिक्रिया हेर्दा ‘बलिदान’ नेपाली दर्शकमाझ मात्र नभई विश्वभर रहेका नेपाली समुदायमाझ पनि प्रतीक्षित चलचित्र बन्ने स्पष्ट सङ्केत देखिएको छ ।