४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ’



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

धनगढीस्थित अर्थ मन्त्रालयमा आज भएको छलफलमा उहाँले प्रदेशमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, मुक्त हलियालगायत सबैको अधिकार सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत मुक्त कमैया, कम्लरी र हलिया पुनस्र्थापनाका सवाल सम्बोधन गर्न आवश्यक पहल गरिने बताउनुभयो । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी समुदायको दिगो पुनःस्थापनका लागि निर्माण गरेको कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार प्रतिबद्ध छ । सोअनुसार काम गर्न केही न केही कार्यक्रम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमले पनि सरकारले मुक्त घोषणा गरेका समुदायका सवालमा आफूहरू गम्भीर रहेको बताउनुभयो ।

कार्यक्रममा मुक्त कमैया, कम्लरी र हलिया अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिले पुनस्र्थापनाको सवाल सम्बोधनका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए । रासस