![](https://newspolar.com/wp-content/uploads/2022/03/president_eXlGBsa3M5.jpg)
काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले रामकाजी खड्कालाई गणतन्त्र पोल्याण्ड, हंगेरी र चेक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जर्मनीका लागि नेपालको आवासीय राजदूत समेत रहनुभएको खड्कालाई सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।