१८ माघ २०८१, शुक्रबार
,
Latest
नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु संसदीय दलको कार्यालय जाँदै रवि लामिछाने, सभामुखलाई पनि भेट्ने सभामुखलाई भेट्दै रवि लामिछाने सङ्घीय संसद्को पाँचौँ अधिवेशनः मुद्दा सुल्झाउने कि बल्झाउने ? जनहित विपरितका ऐन, कानूनहरु निर्माण भए संसद छोडेर सडकको उपयोग गर्छौंः अध्यक्ष लिङदेन ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन बागमती प्रदेशसभाको बैठक आज हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ : सांसद राई सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु बाबु श्रेष्ठको कोरोना गीत…



अ+ अ-

किन यस्तो भयो दैव मान्छेको यो जुनी
किन देख्न थाले मान्छे मान्छेलाई नै खूनी 
कसले चोरी लग्यो हरे मान्छेको सुख चैन
भागी लुकी बस्न पनि कतै ठाउँ छैन 
यस्तो बेला भुरुरुरु मन उडेर पुग्छ गाउँ
आफ्नो गाउँभन्दा प्यारो छैन रैछ कुनै ठाउँ ।

मान्छेदेखि मान्छे आफै टाढा भाग्ने दिन आयो
छिमेकीको घर जल्दा भागी लुक्ने दिन आयो 
मान्छेको मन बदलिएर किन भयो ढुंगा माटो 
साट्न मिल्ने केहि पनि छैन जिन्दगीको साटो 
यस्तो बेला भुरुरुरु मन उडेर पुग्छ गाउँ 
आफ्नो गाउँभन्दा प्यारो छैन रैछ कुनै ठाउँ ।

खान लाग्दा खानासंगै पनि किन लाग्छ डर
श्वास फेर्दा हावासंग पनि किन लाग्छ डर
आफ्नै मान्छेसंग पनि भाग्नु पर्ने पर पर 
मुखले भन्ने मात्र रैछ मरि लानु के नै छ र 
यस्तो बेला भुरुरुरु मन उडेर पुग्छ गाउँ 
आफ्नो गाउँभन्दा प्यारो छैन रैछ कुनै ठाउँ ।