२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुव्र्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताउनु भयो । उहाँले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गर्नुभयो । उहाँले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पु¥याएँ भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उहाँमाथि राज्यले गरिराखेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाए हिरासतमा पु¥याएँ । उहाँलाई धन्यावाद छ स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला । ’

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको? भन्दै उहाँले प्रश्न गर्नुभयो ।