२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश



अ+ अ-

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन चर्किरहेका बेला राजवादीहरुले एउटै मञ्चमा उभिएर एकताको सन्देश दिएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा राजावादी अन्य दल र नेताहरु एउटै मञ्चमा उभिएका हुन् ।

राप्रपा नेपालले गरेको कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं नेतृत्वको महाअभियानका सतिश खरेल, नेपाली कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल, पूर्वपञ्च केशरबहादुर बिष्ट, राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, शिव सेना नेपालकी उपाध्यक्ष गंगा चौधरीसम्म सहभागी भए । उनीहरु सबैले पालैपालो मन्तव्य राखेर एकताको सन्देश दिएका हुन् ।

राजसंस्था पुनर्स्थापना गर्नुपर्ने र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग लेखिएका ब्यानर बोकेर सहभागी भएकाहरुलाई नेताहरुले आफूहरु राजसंस्थाका लागि एकजुट रहेको बताए । उनीहरुले राजसंस्था पुनस्र्थापनासम्बन्धी आन्दोलन थप बलियो बनाउँदै अघि लैजाने उद्घोष गरे । राजसंस्था पुनस्र्थापनाका लागि भएको आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे ।

कार्यक्रमको मुख्य आकर्षक भने राप्रपाका अध्यक्ष लिङ्देन थिए । उनी केही ढिला गरी कार्यक्रममा पुगेका थिए । त्यतिबेलासम्म सभामा उपस्थित भएकाहरु उनकै प्रतिक्षामा थिए । जब लिङ्देन कार्यक्रममा पुगे तब माहोल नै अर्कै बनेको थियो ।

सभास्थलमा लिङ्देनले छोटो भाषण गरे । कार्यक्रम आयोजना गरेर बोलाएकोमा उनले थापालाई धन्यवाद दिए । लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताए । साथै, उनले पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अपिल समेत गरे । उनको यो अभिव्यक्तिले राजावादीहरूलाई निकै उत्साहित बनाएको थियो ।

राप्रपा नेपालका अध्यक्ष थापाले लिङ्देनलाई ईंकित गर्दै हामी एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं भन्ने प्रस्ताव राखे । उनले केही हप्ता, केही महिनामै हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सकिने दाबी पनि गरे ।

लिङ्देनले पनि पूर्वाग्रह छाडेर एक ठाउँमा आउनुको विकल्प नभएको बताए । थापा र लिङ्देनको मनसाय एउटै देखिएपछि राजावादीहरु थप उत्साहित थिए ।

त्यसो त थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । थापालाई हराउँदै राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले नयाँ पार्टी खोलेका थिए । त्यसपछि उनीहरुको सम्बन्ध झन् टाएिको थियो । अहिले राजावादीहरुले राजतन्त्र पुनस्र्थापनाको माग राख्दै आन्दोलन चर्काएपछि उनीहरु फेरि एकै मोर्चामा देखिन थालेका हुन् ।

राजवादी अन्य समूह पनि एउटै सार्वजनिक मञ्चमा भेला भएर एकताको सन्देश दिएका छन् । यसले राजतन्त्र पक्षधरलाई मनोबल बढाउन सहयोग गरेको छ । तर राजतन्त्र स्थापना गर्नुपर्ने माग गर्दै उनीहरुले थालेको आन्दोलन सफल हुनेमा विश्वासलाग्दो आधार भने तय भएको छैन ।