१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री  ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच टेलिफोन सम्वाद



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच आज दिउसो टेलिफोन सम्वाद भएको छ ।  

सम्वादका क्रममा मन्त्री ज्ञवाली र वाङ यी बीच नेपालमा कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयास, हालै प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षति लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

यसैगरी नेपाल चीनबीच उत्तरी सीमा क्षेत्रमा रहेका नाकाहरुको अवस्थाका कारेमा पनि कुराकानी भएको जनाइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयासका बारेमा जानकारी गराउँदै चीनबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको लागि आग्रह गर्नुभएको थियो ।  

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपाल चीनकाे असल छिमेकी भएकाे स्मरण गर्दै चीन नेपालको सुख दुःखमा साथ रहने विश्वास दिलाउनु भएकाे थियो ।




भर्खरै