
काठमाडौं । नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी भर्सन भारतीय युट्युब च्यानल ‘टि सिरिज’ले सार्वजनिक गरेको छ ।
सोमबार २ करोड ९२ लाख फलोअर्स रहेको ‘टि सिरिज’बाट ‘उफ’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । ‘बार्दली’मा रहेका अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएको छैन ।
‘बार्दली’मा इन्द्रकला राईले गाएकी ‘लैजााउ है लैजाउ माया…’ लाई भने हिन्दीमा जस्ताको तस्तै राखिएको छ ।