१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको साधारणसभा स्थगित भएकोमा उपाध्यक्ष ढकालको असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले साधारणसभा गर्न सक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएको बताउनुभयो । यसले महासंघमा गलत प्रवृति विकास भएको र स्यालले कुखुरा लाग्यो भन्ने भन्दापनि स्याल पल्कियो भन्ने कुराले पिरोलेको उहाँले बताउनुभयो ।

साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिदा कानूनी मात्र नभई नैतिक र सामाजिक जग समेत कमजोर भएको ढकालले बताउनुभयो । उहाँले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी समेत गर्नुभयो ।

जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्व आवस्यकता रहेको भन्दै आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप आफुमाथि लागेको ढकालले बताउनुभयो । उहाँले कोभिड १९ को महामारीको अवस्थामा महासंघका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर सरकारको जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद भएको बताउनुभयो ।

कोभिडका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासंघले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो । महासंघको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको जोखिम अझैपनि रहेको भन्दै देशमा पूर्ण रुपमा सबै क्षेत्र खुलेपछि मात्रै साधारणसभा गर्ने निर्णय गरेको थियो । 

 




भर्खरै