१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नेपालमै निर्णय गर्नसक्ने सामर्थ्य आवश्यकः महासचिव चन्द

नेपालमै निर्णय गर्नसक्ने सामर्थ्य आवश्यकः महासचिव चन्द
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीतिक आन्दोलनमा नेपालमै निर्णय गर्नसक्ने सामथ्र्यको आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शासक बन्न चाहने मनोवृत्ति सबैमा रहेपनि नागरिकलाई कसरी सुख र शान्ति दिने भन्नेकुराको योजना नरहेको बताउनु भयो । उहाँले अहिले पनि थाइल्याण्डमा सरकारको बारेमा कुरा हुनु लज्जास्पद भएको बताउनु भयो । उहाँले अस्थिरता छ भन्ने सबैलाई लागेको तर स्थरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न नसकेको बताउनु भयो ।

उहाँले नेपालमै निर्णय गर्नसक्ने र नेपालको व्यवस्थाको बारेमा निर्णय लिनसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी रहेको बताउनु भयो । नेपाली समाज अन्तरघुलित समाज भएको भन्दै नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बहुदलमा पनि विदेशीकै नक्कल, संविधान लेख्न पनि विदेशीकै नक्कल गरिएको बताउनु भयो । नेपालका नागरिक सुन्नमात्रै विवश हुनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली समाज हाम्रो गाउँ घरमा बस्दा अन्तरघुलित समाज हो । त्यहाँ जाति, जनजाति छ, श्रमीक छ । मधेस छ, पहाड छ । यि सबै चिजको फरक छ । शिष्टता, भावनात्मकता । सामुहिकता फरक छन् । नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न सकिरहेको छैन । केन्द्रिकृत सिस्टमको अवधारणा विकास गर्न सकिरहेको छैन । बहुदल भन्यो भने पनि विदेशीकै नक्कल । हाम्रो संविधान लेख्नुप¥यो भने पनि हाम्रो अगाडि ब्रिटेन, भारतको संविधान राख्ने, अरु अरुको संविधान राख्ने । तिनै बुँदाहरु सार्ने, अनि लाद्ने । नेपाली समाजको लोकतन्त्र यही हो । बोल्न पाइन्छ, लेख्न पाइन्छ, यसो गर्न पाइन्छ, उसो गर्न पाइन्छ, यस्तो टाइपको छ । समाजवाद भन्यो भनेपनि रसियाको लेनिनको पालाको दस्ताबेज उल्ट्याउने, माओको उल्ट्याउने, त्यही ट्याप ट्याप टिप्ने सार्ने आफ्नो अलिकति राख्ने अनि देखाउने । यसले नेपालमा केन्द्रिकृत बन्न सकिरहेको छैन । १ सय २० वटा पार्टी दर्ता छन् अहिले । सबैले आफूलाई नै ठिक भन्छन् । कसैले कसैलाई सपोर्ट गर्दैनन् । अस्थिरता छ भन्ने छ तर स्थिरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न सकिरहेको छैन । शासक बन्न चाहने मनोवृत्ति सबैमा रहने, तर त्यसले आफ्नो अवधारणा सुव्यवस्थित गर्न नसक्ने हुँदा अलग थलग परिरहेको छ । नेपालमै निर्णय गर्नसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी छ । यहाँको सिस्टमको बारेमा निर्णय लिने । अधिकृत भन्दा माथि जाँदा दुतावास धाउने स्थिति आउन थालिसक्यो । प्रहरी वा आर्मीमा त के छ सबैतिर एउटा निश्चित पोस्ट भन्दा माथि जाँदा विदेशीका घर घर धाउनुपर्ने स्थिति निर्माण नेपालमा भएको छ । राष्ट्र निर्माणको आधार नै छैन । सरकारको कुरा थाइल्याण्डमा हुने भनेपछि यस्तो लज्जास्पद कुरा के हो । नेपालमा नागरिक सुन्न मात्रै विवश भए । नयाँ बहसको आवश्यकता छ ।’

महासचिव चन्दले अर्काको टेको बिना बाँच्नै सकिँदैन भन्नेकुरा गलत रहेको बताउनु भयो । उहाँले नेताहरुले यस्तो मनस्थिति हटाउनुपर्ने बताउनु भयो । उहाँले संघीयता मात्रै भनेर नहुने भन्दै एकीकृत राष्ट्रियता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको अवस्था खेतमा मुसाले प्वाल नै प्वाल पारेको जस्तो देखिएको बताउनु भयो । उहाँले नेपालमा संस्कृति नै मासिँदै गएको उल्लेख गर्नुभयो । बालुवाटार र सिंहदरबारमा नभइ जनताको झुपडीमा बसेर देशको नेतृत्व गर्ने चाहना आफ्नो रहेको बताउनु भयो ।