२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटामा सहमति भइसक्योः सांसद विश्वकर्मा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरुमा सहमति भइसकेको बताउनुभएको छ ।

आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले १६३ वटा दफामध्ये १२७ वटा दफाहरुको टुंगो लागिसकेको र बाँकी दफाहरु छिटै टुंग्याउने उल्लेख गर्नुभयो । उहाँले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नेगरी काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर नै उपसमितिले काम सक्ने दाबी गर्नुभयो । उहाँले त्यसका लागि विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कामलाई निरन्तर अघि बढाउँदैछौँ । आज २७ औं बैठक सम्पन्न गरेका छौँ । अर्को बैठक पनि आज नै बस्नेछ । हामीले विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरेका छौँ । संशोधनकर्ता माननीय सदस्यज्युहरुको संशोधनलाई पनि हेरेका छौँ । योसँग सम्बन्धित रहेर हामीले सातै प्रदेशमा राय सुझाव प्राप्त गर्ने काम गरेका छौँ । त्यसलाई आधार मानेका छौँ । शिक्षा विधेयकसँग सम्बन्धित रहेको मामलाका सुझावहरु लिएका छौँ । १६३ वटा दफामध्ये १२७ वटा दफाहरुको टुंगो गरेका छौँ । केही दफामा थप छलफल गर्दै निस्कर्षमा पुग्न दृढसंकल्पित छौँ । ३५ दिनभित्रमा काम सम्पन्न गरेर समितिमा बुझाउँछौँ । अन्तिम तयारीमा छौँ । शिक्षक महासंघको सुझाव प्राप्त गरेका छौँ । सकारात्मक ढंगले निस्कर्षमा लैजान्छौँ । उपसमितिलाई विश्वास गर्नुस् । सरकारसँगको वार्तालाई अगाडि बढाउनुस् । तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउनुस् । विधेयकमा गम्भीरताका साथ लागेका छौँ ।’

उहाँले तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउन र आन्दोलन रोकेर वार्तामा आउन शिक्षकहरुसँग आग्रह गर्नुभयो ।