८ जेष्ठ २०८२, बिहीबार
,
Latest
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल ‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’ कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न मानव अधिकार आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटामा सहमति भइसक्योः सांसद विश्वकर्मा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरुमा सहमति भइसकेको बताउनुभएको छ ।

आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले १६३ वटा दफामध्ये १२७ वटा दफाहरुको टुंगो लागिसकेको र बाँकी दफाहरु छिटै टुंग्याउने उल्लेख गर्नुभयो । उहाँले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नेगरी काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर नै उपसमितिले काम सक्ने दाबी गर्नुभयो । उहाँले त्यसका लागि विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कामलाई निरन्तर अघि बढाउँदैछौँ । आज २७ औं बैठक सम्पन्न गरेका छौँ । अर्को बैठक पनि आज नै बस्नेछ । हामीले विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरेका छौँ । संशोधनकर्ता माननीय सदस्यज्युहरुको संशोधनलाई पनि हेरेका छौँ । योसँग सम्बन्धित रहेर हामीले सातै प्रदेशमा राय सुझाव प्राप्त गर्ने काम गरेका छौँ । त्यसलाई आधार मानेका छौँ । शिक्षा विधेयकसँग सम्बन्धित रहेको मामलाका सुझावहरु लिएका छौँ । १६३ वटा दफामध्ये १२७ वटा दफाहरुको टुंगो गरेका छौँ । केही दफामा थप छलफल गर्दै निस्कर्षमा पुग्न दृढसंकल्पित छौँ । ३५ दिनभित्रमा काम सम्पन्न गरेर समितिमा बुझाउँछौँ । अन्तिम तयारीमा छौँ । शिक्षक महासंघको सुझाव प्राप्त गरेका छौँ । सकारात्मक ढंगले निस्कर्षमा लैजान्छौँ । उपसमितिलाई विश्वास गर्नुस् । सरकारसँगको वार्तालाई अगाडि बढाउनुस् । तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउनुस् । विधेयकमा गम्भीरताका साथ लागेका छौँ ।’

उहाँले तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउन र आन्दोलन रोकेर वार्तामा आउन शिक्षकहरुसँग आग्रह गर्नुभयो ।