२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बाटो बिरायो, नतिजा सडकमा छः कार्यवाहक सभापति अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्र्सिएको आरोप लगाउनुभएको छ ।

आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारको तर्फबाट अहिले नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री (रघुजी पन्त) आउनुभएको र शिक्षकहरुको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले शिक्षकहरुले यति लामो दिनसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताउनु भयो । उहाँले शिक्षकहरु यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गर्नुभयो । यो सरकारले बाटो बिराएको नतिजा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट नयाँ शिक्षामन्त्री आउनुभएको छ । नयाँ शिक्षामन्त्रीले यसको पहल गर्नुहोस् भन्ने शुभकामना छ । शिक्षकहरुको यति लामो समयसम्म आन्दोलन हुनु हुँदैन थियो । निजामति कर्मचारी, स्वास्थ्यकर्मीहरु सडकमा आउने अवस्था छ । यो सरकारको अकर्मण्यता हो । सरकार जेका लागि बनेको थियो । सरकारले आफ्नो उपस्थिति देखाउन नसक्नु र सरकार संवेदनशील हुन नसक्नु । शिक्षकहरुको आन्दोलन विद्यालय शिक्षा ऐन पनि आइरहेको बेलामा बसेर, छलफल गरेर सरकार भनेको अविच्छिन्न संस्था हो । सरकारले पटक पटक गरेको सम्झौता र वार्तामा बसेर निर्णय गरेर दुई पक्षिय छलफल गरेर कार्यान्वयनमा जानुपर्नेमा सरकार चुकिरहेको छ । सरकारले आफ्नो बाटो बिराएकोको रिजल्ट हो यो । शिक्षा ऐन आइसकेको अवस्था छैन, उपसमितिले काम गरिरहेको छ । १३२ वटा संशोधन हामीले नै राखेका छौँ । हामी त शिक्षकहरुको पक्षमा नै छौँ । कुनैपनि पक्ष आएर यसरी सडकमा नआओस् भन्ने हो ।’

उहाँले शिक्षा ऐनमा आफ्नो पार्टीको तर्फबाट सांसदहरुले १ सय ३१ वटा संशोधन हालेको जानकारी गराउनु भयो ।